पिएन क्याम्पसमा बैशाख ३ गते स्ववियु निर्वाचन
पाेखरा | चैत २७, २०७९
पोखरा: पृथ्वीनारायण क्याम्पसमा बैशाख ३ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुने भएपनि पोखराको पिएन क्याम्पसमा कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावत गरेको भन्दै स्ववियु निर्वाचन समितिको कार्यालयमा केही विद्यार्थी संगठनले ताला लगाउँदा निर्वाचन हुन सकेको थिएन ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार चैत्र २७ गते बसेको बैठकले पिएन क्याम्पसमा बैशाख ३ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

